Jeremiah 44:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले अन्य देवताहरूलाई बलिदान चढाएका र परमप्रभुको आज्ञापालन नगरी उहाँको विरुद्धमा पाप गरेका हुनाले यो अहिलेको विपत्ति तिमीहरूमाथि आएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्यवस्था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्छ, तिमीहरूमाथि आएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले धूप बालेर याहवेहको विरुद्धमा पाप गरेका छौ, उहाँका आज्ञापालन गरेका छैनौ, र उहाँको व्यवस्थाका आदेशहरू अथवा उहाँका सल्लाहहरू अथवा नियमहरू पालन गरेका छैनौँ। यसकारण यो ठूलो विपत्ति तिमीहरूमाथि आएको छ, जुन विपत्ति आज तिमीहरू देख्दैछौ।”
Nepali ERV (पवित्र बाइबल)
सारा ती टुष्ट कुराहरू हुन गएको कारण तिमीहरूले झूटा देवताहरू प्रति गरेको बलिदानहरूले गर्दा हो। तिमीहरूले परमप्रभुको विरूद्ध पाप गर्यौ। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँले दिनु भएको विधि र व्यवस्था अनुसरण गरेनौ। यसकारण आज यो महासर्वनाश आइलाग्यो।”