Jeremiah 44:25 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘स्‍वर्गकी रानीलाई धूप बाल्‍न र अर्घ-बलि चढ़ाउन हामीले गरेको भाकल हामी अवश्‍य पूरा गर्नेछौं’ भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरूले आफूले प्रतिज्ञा गरेका कुरा आफ्‍नै कामद्वारा तिमीहरूले पूरा गरेका छौ। यसर्थ तिमीहरूका प्रतिज्ञाहरू पूरा गर। तिमीहरूका भाकलहरू पूरा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छौ भनी शपथ खाएका थियौ, ‘हामी स्वर्गकी रानीलाई धूप बाल्नेछौँ र अर्घबलि चढाउनेछौँ भनी हामीले खाएको शपथ हामी अवश्य पूरा गर्नेछौँ।’ “त्यसैले तिमीहरू अगि बढ, तिमीहरूले प्रतिज्ञा गरेको कुरा गर! आफ्नो भाकल पूरा गर!
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छु भनेका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्घबलि स्वर्गकी रानीलाई चढाउछौ।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।