Jeremiah 44:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको फलिफाप होइन तर नाश भएको म हेर्ने नै छु। तिमीहरू मिश्रमा भएका यहूदी सबै लडाइँ र रुढीले मर्नेछौ र एक जना पनि जिउँदो छोडिनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म तिनीहरूलाई असलको निम्ति होइन तर खराबको निम्ति हेर्दैछु। मिश्रदेशमा हुने सबै यहूदीहरू नष्ट नहोउञ्जेल तरवार र अनिकालले मर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले तिनीहरूमाथि भलाइको निम्ति होइन, तर खराबीको निम्ति हेर्दैछु; तिनीहरू सबै पूरै नाश नभएसम्म इजिप्टमा रहेका यहूदीहरू तरवार र अनिकालले नष्ट हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर ध्वंस पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्।