Jeremiah 44:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई यो देशमा दण्ड दिनेछु र तिमीहरूमाथि विनाश ल्याउनेछु, मेरो प्रतिज्ञा पूरा गर्छु भन्ने कुराको प्रमाण म परमप्रभुले तिमीहरूलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु भन्नुहुन्छ, ‘म तिमीहरूलाई यही ठाउँमा दण्ड दिनेछु भन्ने तिमीहरूलाई यो चिन्ह हुनेछ, र तिमीहरूले यो जान कि तिमीहरूका विरुद्ध जोखिम गर्ने मेरो धम्की निश्चय नै कायम रहनेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्चय नै पूरा हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि “तिमीहरूलाई नोक्सान पुर्याउने” मेरो वचन साँचो ठहरिनेछ।’