Jeremiah 44:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्‍यहाँका मानिसहरूले दुष्‍ट काम गरेर मलाई रिस उठाएका थिए। तिनीहरूले अन्‍य देवताहरूलाई बलि चढाए र आफूले वा तैँले वा तिमीहरूका पुर्खाहरूले नपुजेका देवी-देवताहरूको सेवा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो तिनीहरूका दुष्‍ट्याइँको कारणले हो। तिनीहरूले मलाई क्रोधित तुल्‍याए। तिनीहरूले धूप बाले र अरू देवताहरूको सेवा गरे, जसलाई न त तिनीहरू आफैले, न तिमीहरूले चिनेका थियौ न त तिमीहरूका पुर्खाले चिनेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले गरेको दुष्‍टताको कारणले त्यो भएको थियो। किनकि न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले कहिल्यै चिनेका वा जानेका अन्य देवताहरूका निम्ति धूप बालेर तिनीहरूलाई पुजेर तिनीहरूले मलाई क्रोधित तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
ती ठाउँहरू ध्वंस गरिए किनभने तिनीहरूमा बस्ने मानिसहरूले दुष्ट कामहरू गरे। ती मानिसहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाए जसलाई न तिनीहरू न तिमीहरू न तिमीहरूका पिता-पुर्खाहरूले जान्दथे, अनि तिनीहरूलाई पूजा गरेर त्यसले मलाई रीस उठायो।