Jeremiah 44:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले आफ्नो रिस र प्रचण्ड क्रोध यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा खन्याएँ र तिनीहरूमा डढेलो लगाइदिएँ। तिनीहरूलाई ध्वस्त पारी छाडिराखें। आज पनि तिनीहरूको दशा त्यस्तै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण यहूदाका नगरहरू र यरूशलेमका गल्लीहरूमा मेरो क्रोध र मेरो भयानक रीस खनियो र ती उजाड़ र भग्नावशेष भएर, जो आज देखिँदैछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरो डरलाग्दो रिसको ज्वाला खनियो; यसले यहूदाका सहरहरू र यरूशलेमका सहरहरू भस्म पार्यो; अनि ती ठाउँहरूलाई उजाड र भस्म पारियो, जस्तो आजको दिनसम्म छँदैछ।
Nepali ERV (पवित्र बाइबल)
यही कारण मैले मेरो क्रोध यहूदा र यरूशलेमका मानिसहरूमाथि देखाएँ। मैले यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूलाई दण्ड दिएँ। मेरो क्रोधको कारणले यरूशलेम र यहूदाका शहरहरू भग्नावशेषमा परिणत भयो अनि आज ती शहरहरू जुन शून्य छन्।”