Jeremiah 44:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूलाई अहिल्यै सोध्दछु कि किन तिमीहरू आफैंमाथि सर्वनाश ल्याउछौ? के तिमीहरू पुरुषहरू र स्त्रीहरू, केटाकेटीहरू र स-साना बच्चाहरूमाथि विनाश ल्याउन चाहन्छौ र के एउटै नबाँची तिमीहरू नाश हुन चाहन्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाबाट पुरुष, स्त्री, साना नानी र दूध खाने बालकहरू अलग गराएर केही पनि नरहने गरी तिमीहरूले आफूमाथि यस्तो ठूलो सर्वनाश किन ल्याउँछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण याहवेह सेनाहरूका परमेश्वर, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: किन तिमीहरू आफ्नो कुनै अवशेष नै नरहने गरी यहूदाबाट पुरुषहरू र स्त्रीहरू, केटाकेटीहरू र दुधे बालबालिकाहरूलाई नष्ट गरेर, आफूमाथि भयङ्कर विपत्ति ल्याउन चाहन्छौ?
Nepali ERV (पवित्र बाइबल)
यसकारण, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “मूर्तिपूजा गरेर किन तिमीहरूले स्वयंमा यति विध्न नोक्सान ल्याइ रहेकाछौ? तिमीहरू किन यहूदा देखि किन पुरूष, स्त्री, बालक र शिशुहरूलाई अगल गरिरहेका छौ। किन तिमीहरू आफ्नै निम्ति पनि भावी सन्तानहरू राख्दैनौ?