Jeremiah 44:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू बास गर्न आएको मिश्रदेशमा तिमीहरूले किन आफ्‍नो हातले बनाएका मूर्तिलाई पूजा गरी अन्‍य देवताहरूलाई बलि चढाएर मलाई रिस उठाउँछौ? के आफैं नाश हुन, पृथ्‍वीमा सबै जातिहरूद्वारा घृणा गरिन र आफ्‍नो नाम सरापको रूपमा प्रयोग भएको हेर्न तिमीहरूले त्‍यसो गर्दै छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू प्रवासी भएर बस्‍नलाई आएको मिश्रदेशमा तिमीहरूका हातले बनाएका थोकद्वारा, अर्थात्‌ अरू देवताहरूलाई धूप बालेर मलाई किन रीस उठाउँछौ? तिमीहरूले आफैलाई नष्‍ट गर्नेछौ, र पृथ्‍वीका सबै जातिहरूका बीचमा तिमीहरू सराप र निन्‍दाका पात्र बन्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू बस्‍न आएको इजिप्टमा आफ्नै हातले बनाएका मूर्तिहरूले अरू देवताहरूलाई धूप बालेर मलाई किन रिस उठाउँछौ? यसो गर्‍यौ भने तिमीहरूले आफूलाई सर्वनाश गर्नेछौ; अनि पृथ्वीमा सबै जातिहरूका बीचमा आफूलाई श्राप र घृणाको पात्र बनाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैले आफैलाई ध्वंस पारिरहेका छौ। तिमीहरू आफैले आफैलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ।