Jeremiah 46:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन सार्वभौम परमप्रभु सर्वशक्तिमान्को दिन हो आजै उहाँले बदला लिनुहुनेछ, आजै उहाँले आफ्ना शत्रुहरूलाई दण्ड दिनुहुनेछ। तृप्त नहोउन्जेल उहाँको तरवारले तिनीहरूलाई नाश गर्नेछ, तृप्त नहोउञ्जेल तिनीहरूको रगत तरवारले पिउनेछ, आज उत्तर दिशाको यूफ्रेटिस नदीको किनारमा सर्वशक्तिमान् परमप्रभुले बलिदान चढाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यो दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुको दिन हो— बदला लिने दिन, आफ्ना शत्रुहरूलाई साटो फेर्ने दिन। तृप्त नहोउञ्जेल तरवारले नाश गर्नेछ, रगत पिएर त्यसले तिर्खा मेटाउनेछ। किनभने उत्तर दिशाका देशमा, यूफ्रेटिस नदीको किनारमा, परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले बलिदान चढ़ाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो दिन प्रभु, सेनाहरूका याहवेहको दिन हो। बदलाको दिन, उहाँको शत्रुहरूमाथि बदला लिने दिन हो। तरवार सन्तुष्ट नभएसम्म त्यसले नाश गर्नेछ; रगतले तिर्खा नमेटेसम्म त्यो चल्नेछ। किनकि सेनाहरूका याहवेहले उत्तरको देशलाई यूफ्रेटिस नदीको किनारमा बलिदान चढाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस समय, हाम्रो मालिक सेनाहरूका परमप्रभु, परमेश्वरले आफ्नो शत्रुहरूमाथि बद्ला लिनुहुनेछ। त्यो बद्ला लिने दिन हुनेछ। तरवारले मार्नेछ अनि सन्तुष्ट हुनेछ। तिनीहरूको रगतले तरवार भरिनेछ। यो उत्तर देशको यूफ्रेटिस नदीको किनारमा मेरो मालिक, सेनाहरूका परमप्रभु निम्ति बलि हुनेछ।