Jeremiah 46:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रका मानिसहरू हो, कैदी बनेर जान तयार होओ! नोप उजाड-स्‍थान र कुनै प्राणी नरहने भग्‍नावशेष हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा जानलाई तिम्रा आफ्‍ना झिटीमिटी पोको पार। किनकि नोप उजाड़ हुनेछ। निर्जन भएर त्‍यो भग्‍नावशेष हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इजिप्टमा बस्‍ने मानिसहरू हो, तिमीहरू कैदमा जान आ-आफ्ना सरसामानहरू पोको पार; किनकि मेम्फिस उजाड हुनेछ, र कोही पनि नबस्‍ने रुखो भग्नावशेष हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर दासत्वको लागि तैयार हौं, किनभने मेमफिस शहर ध्वंस हुनेछ, जन शून्य बेकामे भूमि हुनेछ।