Jeremiah 46:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका ज्यालादार सिपाही पनि असहाय बाछाहरूझैँ छन्। तिनीहरू डटेर लडेनन्, तिनीहरू सबैले पिठ फर्काएर भागे। तिनीहरूका विपत्तिको दिन र विनाशको समय आइसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका ज्यालादार सिपाहीहरू पोसिएका बाछाहरूझैँ छन्, तिनीहरू एकैसाथ पीठ फर्काएर भाग्नेछन्, तिनीहरू अड्नेछैनन्, किनकि तिनीहरूमाथि सर्वनाशको दिन, तिनीहरूका सजायको दिन आइरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका ज्यालादार सिपाहीहरू मोटाएर पोसिएका बाछाहरूजस्तै छन्। तिनीहरू एकसाथ पीठ फर्काएर भाग्नेछन्; तिनीहरू आफ्नो स्थानमा खडा भएर लड्दैनन्; किनकि तिनीहरूका निम्ति दण्ड पाउने समय आएको छ; तिनीहरूमाथि विपत्तिका दिनहरू आउँदैछन्।
Nepali ERV (पवित्र बाइबल)
मिश्रका भाडाका सिपाहीहरू पोसिएका गोरूहरू छन् झैं तिनीहरू सबै पीठ फर्काएर भागे। तिनीहरू आक्रमणकारीहरू समक्ष एक क्षण टिक्न सकेनन्। तिनीहरूको नाशको समय आईरहेछ। तिनीहरू दण्डित हुनेछन्।