Jeremiah 46:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूका ज्‍यान लिन चाहने बेबिलोनको राजा नबूकदनेसर र त्‍यसका सेनाको हातमा दिनेछु। तर बितेका दिनमा झैँ पछिबाट मानिसहरू मिश्रमा फेरि बास गर्नेछन्। म परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई तिनीहरूका ज्‍यान लिन खोज्‍नेहरूका हातमा, अर्थात्‌ बेबिलोनको राजा नबूकदनेसर र त्‍यसका अधिकृतहरूका हातमा सुम्‍पिदिनेछु। तर त्‍यसपछि मिश्रदेश अघिझैँ फेरि आबादी हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई मार्न चाहनेहरूका हातमा—बेबिलोनको राजा नबूकदनेसर र त्यसका अधिकारीहरूको हातमा सुम्पिदिनेछु। त्यसपछि इजिप्टमा पहिलेजस्तै मानिसहरू बसोबास गर्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।” “यस ध्वंस पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।