Jeremiah 46:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेश नील नदीझैँ बढेर आउँछ, उर्लेर आउने नदीहरूको पानीझैँ त्यसले भन्छे, म बढेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका बासिन्दाहरूलाई नाश गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेश नील नदीझैँ बढ़ेर आउँछ, उर्लेर आउने नदीहरूका पानीझैँ। त्यसले भन्छे, ‘म बढ़ेर पृथ्वीलाई ढाक्नेछु। म सहरहरू र तिनका मानिसहरूलाई नाश गर्नेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नील नदीजस्तै बढेर आउने, पानीको नदीजस्तै उर्लेर आउने त्यो इजिप्ट हो।” इजिप्टले भन्छे, “म उठ्नेछु र पृथ्वीलाई ढाकिदिनेछु; म सहरहरू र तिनीहरूका मानिसहरूलाई नाश गरिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यो मिश्र हो जो नील नदी झैं आइरहेछ। यो मिश्र हो जो त्यो तीव्र नदीहरू झैं उर्लेर आईरहेछ। मिश्रले भन्दछ, ‘म आउने छु अनि पृथ्वीलाई ढाक्नेछु। म शहरहरू र त्यहाँ बस्ने मानिसहरूलाई नाश पार्नेछु।’