Jeremiah 47:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भन्नुभयो, “हेर, उत्तरमा पानी बढिरहेको छ र बाढीमा नदी बढेझैँ बगिआउनेछ। त्यसले देश र त्यसमा भएका सबै कुराहरू, सहरहरू र त्यहाँ बास गर्ने सबैलाई डुबाउनेछ। मानिसहरूले गुहारको निम्ति पुकारा गर्नेछन्, देशका सबै बासिन्दाहरूले घोर विलाप गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: “हेर, उत्तर दिशामा पानी बढ़िरहेछन्। ती बाढ़ीको भलझैँ हुनेछन्। त्यसले देश र त्यसमा भएका जम्मै कुरालाई डुबाउनेछ, नगरहरू र तिनमा बसेको हरेकलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्; तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्। त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई सहरहरू र त्यसमा बस्नेहरू सबैलाई डुबाउनेछ। मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्; देशमा बस्नेहरू सबै विलाप गर्नेछन्,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।