Jeremiah 47:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍ती देशलाई नाश पार्ने, टुरोस र सीदोनलाई सहायता गर्नेहरू मारिने समय आएको छ। म परमप्रभुले क्रेटका किनारबाट आएका सबै पलिश्‍तीहरूलाई नाश गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने पलिश्‍तीहरूको नाश हुने दिन आएको छ। बाँचेकाहरूमध्‍ये टुरोस र सीदोनलाई सहायता गर्न सक्‍नेहरू सबै नष्‍ट हुनेछन्‌। परमप्रभुले पलिश्‍तीहरूलाई नाश गर्न लाग्‍नुभएको छ, कप्‍तोरका किनारहरूका बाँकी रहेकाहरूलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सबै पलिश्तीहरूलाई नाश गर्ने दिन आएको छ, टायर र सीदोनलाई सहायता दिन सक्ने बाँचेकाहरू सबैलाई नष्‍ट गर्ने दिन आएको छ। याहवेहले कप्‍तोरका किनारमा बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्‍ट गर्न लाग्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले ध्वंस गर्नु हुनेछ।