Jeremiah 47:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसले कसरी विश्राम लिन सक्छ? मैले त्यसलाई काम दिएको छु, अश्कलोनमाथि हमला गर्न र समुद्रका किनारमा बास गर्ने मानिसहरूमाथि आक्रमण गर्न मैले त्यसलाई आज्ञा दिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले त्यसलाई हुकुम गर्नुभएको छ, उहाँले अश्कलोन र समुद्र-किनारका देशहरूलाई आक्रमण गर्न त्यसलाई हुकुम गर्नुभएको छ।” यसर्थ त्यो कसरी शान्त भएर बस्छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो कसरी शान्त बस्न सक्छ? किनकि याहवेहले यसलाई अश्कलोन र समुद्री किनारको विरोधमा आक्रमण गर्न आदेश दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? अश्कलोन र समुद्री किनारमा आक्रमण गर्नु परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।”