Jeremiah 48:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले मोआबबारे यी वचन दिनुभयो: “हाय, नेबोबासीहरूलाई, तिनीहरूको सहर नाश हुनेछ! किर्यातैम कब्‍जामा पर्नेछ, त्‍यसको बलियो किल्‍ला चुर पारिनेछ, त्‍यसका बासिन्‍दाहरू शर्ममा पर्नेछन्;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबको विषयमा: ‘सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “नेबोलाई धिक्‍कार, किनभने त्‍यो भग्‍नावशेष हुनेछ। किर्यातैम अपमानित हुनेछ, र त्‍यो कब्‍जामा पर्नेछ। किल्‍ला लाजमा पारिनेछ, र त्‍यो भत्‍काइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबको विषयमा: सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “धिक्‍कार नेबोलाई! किनकि त्यो नष्‍ट हुनेछ, किर्यातैम अपमानित हुनेछ र कब्जा गरिनेछ; शत्रुहरूले तिनीहरूको बलियो गढ नष्‍ट गरेर चकनाचुर पार्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश मोआब देशसित सर्म्पकित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “पर्वत नबोको दुर्भाग्य सामुन्ने छ। यो ध्वंस हुनेछ। किर्यातैमको शहर लज्जित हुनेछ अनि कब्जामा पर्नेछ। ती बलिया किल्लाहरू लज्जित तथा हतोत्साही हुनेछन्।