Jeremiah 48:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “मोआब सधैँ ढुक्‍क भएर बसेको छ। त्‍यो कहिल्‍यै कैदमा लगिएको छैन। त्‍यो एउटा भाँडोबाट अर्कै भाँडोमा नखन्‍याएको र नचलाई राखेको दाखमद्यजस्‍तो छ। त्‍यसको स्‍वाद बिग्रेको छैन र जस्‍ताको तस्‍तै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मोआब युवावस्‍थादेखि नै आराम गरी बसेको छ। त्‍यो थिग्रो रहेको दाखमद्यजस्‍तै छ, जो एउटा भाँड़ाबाट अर्को भाँड़ामा खन्‍याइएको छैन— त्‍यो निर्वासनमा गएको छैन। यसैले त्‍यसको स्‍वाद अघिजस्‍तै रहिरहेको छ। त्‍यसको बास्‍ना बद्‌लेको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मोआब त्यसको युवाअवस्थादेखि नै आराममा छ; एउटा भाँडाबाट अर्को भाँडामा नखन्याई भाँडामा छोडिराखेको दाखमद्यजस्तै, अर्थात् मोआब निर्वासनमा गएकी छैन। त्यसको स्वाद पहिलेको जस्तै छ; अनि त्यसको वासना बदलिएको छैन।”
Nepali ERV (पवित्र बाइबल)
मोआबले अनिष्ट कहिल्यै देखेको छैन। मोआब ढुग्रोमा रहेको र एउटा भाँडादेखि अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ। उ कैदी भएर कहिले पनि बसेको छैन यसकारण उ पहिल्यै जस्तै ताजा नै छ अनि उसको स्वादमा बद्ली आएको छैन।”