Jeremiah 48:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब जसरी इस्राएलीहरूले आफूले भरोसा राखेको बेथेल देवबाट धोका खाएथे, त्यसरी नै मोआबीहरूले तिनीहरूको कमोश देवबाट धोका खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएल लाजमा पारियो, त्यसरी नै मोआब पनि कमोशदेखि लाजमा पारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी इस्राएलीहरूले बेथेल झूटो देवतामाथि भरोसा गर्दा इस्राएलको घराना लाजमा परेको थियो, त्यसरी नै मोआब पनि कमोश देवताको कारण लज्जित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।