Jeremiah 48:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘मोआब पतन भएछ’ भनी तिनीहरूबाट जवाफ आउनेछ; ‘त्यो बदनाम भयो, त्यसको लागि विलाप गर। अर्नोन नदीको किनारै किनार, मोआब नाश भएको प्रचार गर।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआब अपमानित भएको छ, किनकि त्यो चूरचूर पारिएको छ। विलाप गर, रोओ! मोआब नष्ट पारियो भनी अर्नोनको किनारमा गएर भन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआब अपमानित भएकी छे; किनकि ऊ चकनाचुर पारिएकी छे; विलाप गर र रोओ! अर्नोन नदीको छेउमा गएर बताइदेओ, मोआब नष्ट पारिएकी छे।
Nepali ERV (पवित्र बाइबल)
मोआब धराशायी भएको छ लाजले पूर्ण भएको छ। विलौना गर अनि रोऊ। अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।