Jeremiah 48:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए मोआब, याद गर्‌, तैँले कसरी इस्राएलका मानिसहरूको ठट्टा उडाएको थिइस्? तिनीहरू चोरहरूका बीचमा पक्राउ परेजस्‍तै गरी तैँले तिनीहरूसित व्‍यवहार गरेको थिइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के इस्राएल तेरो निम्‍ति ठट्टाको पात्र भएको थिएन? के त्‍यो चोरहरूका बीचमा पक्राउ परेको थियो र जब तैंले त्‍यसको कुरा गर्छस्‌ तब तैंले आफ्‍नो शिर हल्‍लाई-हल्‍लाईकन त्‍यसको ठट्टा गर्छस्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए मोआब, के तैँले इस्राएलको हाँसो उडाएको थिइनस् र? के त्यो चोरहरूसँग पक्राउ परेकी थिई, त्यसको बारेमा कुरा गर्दा त्यसको ठट्टा गर्दै तैँले आफ्नो टाउको हल्‍लाउने गर्थिस्?
Nepali ERV (पवित्र बाइबल)
मोआब तिमीले इस्राएलको हाँसो उढायौ इस्राएललाई एउटा चोरका समूहले पकडे। प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ अनि इस्राएलभन्दा असल छु भनी बहाना गर्यौ।