Jeremiah 48:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याजेरका मानिसहरूको लागि भन्दा बढी सिब्माका मानिसहरूको लागि म रुनेछु। सिब्मा सहर, तँ दाखको एउटा बोटसरि छस्, जसका हाँगा मृत-सागर पार गरेर याजेरसम्म पुग्छन्। तर अब तेरा ग्रीष्मकालका फलहरू र अङ्गुरहरू नष्ट भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याजेर रोएको जस्तै म तेरो लागि रुन्छु। ए सिब्माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्म पुगे, ती याजेरको समुद्रसम्मै पुगेका छन्। तेरा पाकेका फलहरू र तेरा दाखमा नाश गर्ने आइलागेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याजेरको निम्ति भन्दा तेरो निम्ति धेरै रुन्छु; हे सिब्माका दाखका बोटहरू, तेरा हाँगाहरू समुद्रसम्म पुगेका छन्; ती हाँगाहरू याजेरसम्मै पुगेका छन्। विनाशकर्ताहरू तेरा पाकेका फलहरू र अङ्गुरहरूमाथि आइलागेका छन्।
Nepali ERV (पवित्र बाइबल)
म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु। हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू चारैतिर फैलिदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो। तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।