Jeremiah 48:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबका मलिला भूमिबाट आनन्द र रमाहट हराए। दाखको कोलबाट रस बग्न मैले बन्द गरिदिएको छु। दाख बनाउने र हर्षले सोर उठाउने कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबका बगैँचाहरू र खेतहरूबाट आनन्द र रमाहट उठाइलगिए। दाखको कोलबाट मैले दाखको रस बन्द गरिदिएको छु। आनन्दले कराउँदै कसैले त्यो कुल्चँदैन। तिनीहरूको कराइ आनन्दको कराइ होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबका बगैँचाहरू र खेतबारीहरूबाट आनन्द र खुशीयाली गइसकेका छन्। मैले कोलहरूबाट रस बग्न बन्द गरिदिएको छु; कसैले पनि आनन्दको आवाजसँग ती पेल्दैनन्। यद्यपि त्यहाँ चर्को आवाजमा कराइरहेका छन्, तर ती आवाजहरू खुशीका होइनन्।
Nepali ERV (पवित्र बाइबल)
मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ। मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ। यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्। स्वर छ तर आनन्दको स्वर होइन।