Jeremiah 48:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेश्‍बोन र एलालेका मानिसहरू कराउँछन् र तिनीहरूको सोर यहाँसम्‍म सुनिन्‍छ। त्‍यो सोअरका मानिसहरूले सुन्‍दछन् र होरोनैम र एग्‍लत-शलीशियाहसम्‍मै सुनिन्‍छ। निम्रीमको खोला पनि सुकिसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेश्‍बोनबाट तिनीहरू रोएको सोर एलाले र यहाँसम्‍मै पुगेको छ, सोअरदेखि होरोनैम र एग्‍लत-शलीशियाहसम्‍मै, किनकि निम्रीमको पानी पनि सुकिसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेश्बोनदेखि एलाले र यहससम्म सोअरदेखि टाढा होरोनैम र एग्लत-शलीशियाहसम्म नै तिनीहरूको चीत्कारको आवाज सुनिन्छ; किनकि निम्रीमको पानीसमेत सुकिसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो।