Jeremiah 48:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण कुनै मानिसले बाँसुरीमा शोकको सुर बजाएझैँ मेरो हृदयले मोआब र कीर-हरेशेतको मानिसहरूका निम्ति शोक गर्दछ किनभने तिनीहरूका सबै सम्पत्ति नाश भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले बाँसुरीले झैँ मेरो हृदयले मोआबको निम्ति विलाप गर्छ! कीर-हरेशेतका मानिसहरूका निम्ति बाँसुरीले झैँ त्यसले विलाप गर्छ। तिनीहरूले कमाएका धन नष्ट भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण मोआबका निम्ति मेरो हृदयले बाँसुरीको सोरजस्तै विलाप गर्छ; यसले कीर-हरेशेतका मानिसहरूको निम्ति बाँसुरीजस्तै विलाप गर्छ। तिनीहरूले आर्जन गरेका धनसम्पत्ति सबै नष्ट भएको छ।
Nepali ERV (पवित्र बाइबल)
“म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो।