Jeremiah 48:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोआबका सबै घरका कौसी-कौसीमा र चोक-चोकमा रुवावासीबाहेक अरू केही छैन किनभने मैले मोआबलाई कसैले राख्‍न नचाहेका भाँडालाई झैँ फुटाइदिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोआबका घरका सबै कौसी-कौसीमा र चोकहरूमा रुवाइबाहेक अरू केही छैन, किनकि कसैले नचाहने भाँड़ाजस्‍तै मैले मोआबलाई फुटाइदिएको छु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोआबका सबै छानाहरूमा र सबै सार्वजनिक चोकहरूमा मानिसहरूको विलापबाहेक त्यहाँ अरू केही छैन; किनकि मैले मोआबलाई कसैले मन नपराएको भाँडालाई जस्तै फुटाइदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।