Jeremiah 48:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आउँदा दिनहरूमा परमप्रभुले मोआबको फेरि फलिफाप गराउनुहुनेछ। यी सबै कुरा हुन आउनेछ भनी परमप्रभुले भन्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तापनि आउने दिनहरूमा म मोआबको सुख-शान्‍ति फेरि फर्काइल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। मोआबको न्‍याय यहाँ समाप्‍त हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तरै पनि पछिल्‍ला दिनहरूमा म मोआबको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। मोआबको न्यायको बारेमा यर्मियाले गरेका अगमवाणी यहीँ समाप्‍त हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो। यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।