Jeremiah 48:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे मोआब, तैँले आफ्नो बल र धनमा भरोसा राखिस्, तर अब तेरो हार अवश्य हुनेछ; तेरो देवता कमोश देशबाट कैदमा लगिनेछ, त्यसका राजकुमारहरू र पूजाहारीहरू सँगसँगै लगिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले आफ्ना कामहरू र धनहरूमा भरोसा राखेका हुनाले तिमीहरू पनि कैदमा पर्नेछौ, र कमोश आफ्ना पूजाहारी र अधिकारीहरूसँग निर्वासनमा जानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरूले आफ्ना कामहरू र धनसम्पत्तिहरूमा भरोसा राखेका कारण, तिमीहरू पनि कैदमा लगिनेछौ; अनि कमोश देवता आफ्ना पुजारीहरू र अधिकारीहरूसँग निर्वासनमा जानेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।