Jeremiah 49:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैले एसावका सन्तानलाई नाङ्गो झार पारेको छु, तिनीहरूका लुक्ने ठाउँहरू प्रकट गरिदिएको छु र तिनीहरू अब लुक्न सक्दैनन्। एदोमका छोरा-छोरी, शाखा-सन्तान र छरछिमेकी सबै नाश भए। एक जना पनि बाँचेको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म त एसावलाई नाङ्गो पार्नेछु। म त्यसका लुक्ने ठाउँहरू खुला गरिदिनेछु, र त्यो लुक्न नपाओस्। त्यसका छोराछोरीहरू, आफन्तहरू र छिमेकीहरू नष्ट पारिनेछन्, र अब त्यसको नाउँनिशानै रहनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म एसावलाई पूर्ण रूपमा नाङ्गो बनाइदिनेछु; म त्यसका लुक्ने ठाउँहरू उदाङ्गो पारिदिनेछु, ताकि त्यसले आफूलाई लुकाउन नसकोस्। त्यसका हतियारधारीहरू र त्यसका छोराछोरी, आफन्तहरू र छिमेकीहरू नष्ट हुनेछन्; यसकारण यसो भन्ने मान्छे कोही पनि हुनेछैन,
Nepali ERV (पवित्र बाइबल)
तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु। म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु अनि उ मबाट लुक्न पाउने छैन। उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सडनेछन् अनि एसाव अस्तिवहिन हुनेछ।