Jeremiah 49:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफैंले यो शपथ खाएको छु कि बोज्रा सहर एउटा डरलाग्‍दो दृश्‍य र मरुभूमि बन्‍नेछ। मानिसहरूले त्‍यसको ठट्टा गर्नेछन् र त्‍यसको नाम सरापको रूपमा प्रयोग गर्नेछन्। छेउ-छेउका गाउँबस्‍तीहरू सधैँको लागि ध्‍वस्‍त हुनेछन्। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आफ्‍नै नाउँमा शपथ खान्‍छु, कि बोज्रा भग्‍नावशेष हुनेछ, र त्‍यो त्रास, निन्‍दा र सरापको पात्र बन्‍नेछ। त्‍यसका सबै नगरहरू सधैँको निम्‍ति भग्‍नावशेष हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नै नाममा शपथ खान्छु,” याहवेह घोषणा गर्नुहुन्छ, “बोज्रा ध्वस्त हुनेछ; त्यो त्रास, निन्दा र सरापको पात्र हुनेछ; अनि त्यसका सबै सहरहरू सदाका निम्ति ध्वस्त हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म आफै यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।”