Jeremiah 49:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “एदोममाथि आउने विनाश यस्तो डरलाग्दो हुनेछ कि त्यताबाट भएर जानेहरू त्यो देखेर तर्सेर आत्तिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एदोम अति त्रासको पात्र हुनेछ। त्यसका सबै चोटहरू देखेर त्यहाँबाट जाने सबै तर्सनेछन् र त्यसको गिल्ला गर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एदोम त्रासको पात्र हुनेछ; त्यसका सबै घाउहरूका कारण त्यसका छेउबाट भएर जाने हरेक तर्सनेछ, र त्यसलाई खिसी गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “एदोम शोकको दृश्य बनिने छ अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन् अनि यसका घाउहरूमा खिसी गर्नेछन्।