Jeremiah 49:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सदोम, गमोरा र छेउ-छाउका सहरहरू नाश पारिएझैँ त्यस बेला एदोम पनि नाश पारिनेछ। त्यहाँ अब उसो कसैले बास गर्नेछैन। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “जसरी सदोम र गमोरा, तिनका छेउछाउका नगरहरूसमेत नष्ट भए, त्यसरी नै कोही पनि त्यहाँ रहनेछैन, कोही मानिस पनि बस्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी सदोम र गमोरा तिनीहरूका छेउछाउका सहरहरूसहित नष्ट भएका थिए,” याहवेह भन्नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि बस्नेछैन; त्यहाँ कोही पनि बसोबास गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन् अनि त्यहाँ कोही पनि बस्ने छैन्।” परमप्रभुले यसो भन्नुभयो।