Jeremiah 49:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले एदोमवासीहरूका विरुद्धमा बनाएको युक्ति सुन र तेमान सहरका बासिन्दाहरूलाई के गर्ने इच्छा गरेको छु, ती पनि सुन। तिनीहरूका बाल-बालिकाहरू पनि घिस्याएर लगिनेछन् र सबै जना भयभीत हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण एदोमको विरुद्धमा परमप्रभुले रच्नुभएको योजना, र तेमानमा बस्नेहरूका विरुद्धमा उहाँको अभिप्राय कस्तो छ भनेर सुन: बगालका साना-साना पाठाहरू घिस्स्याएर लगिनेछन्। तिनीहरूको कारण त्यसले तिनीहरूको खर्क बिलकुलै सर्वनाश पारिदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण एदोमको विरुद्धमा याहवेहको योजना, र तेमानमा बस्नेहरूको विरुद्धमा उहाँको उद्देश्य के छ, त्यो कुरा सुन: बगालका कलिला पाठाहरूलाई घिसारेर लगिनेछ; तिनीहरूको खर्क पूर्ण रूपमा उजाड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
एदोम र तेमानका मानिसहरूका निम्ति परमप्रभुले बनाउनु भएको योजना सुन। तिनीहरूले थुमाहरू घिस्यार्नेछन्। उसले तिमीहरूको खेत सम्पूर्ण नष्ट पार्नेछ।