Jeremiah 49:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दमस्कसबारे परमप्रभुले यो वचन दिनुभयो, “हमात र अर्पाद सहरका मानिसहरू चिन्ता र कष्टमा छन् किनभने तिनीहरूले नराम्रा खबर सुनेका छन्। समुद्रको बाढझैँ तिनीहरूमाथि फिक्री आइपरेको छ र तिनीहरूले आराम गर्न सक्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दमस्कसको विषयमा: “हमात र अर्पाद अलमल्ल परेका छन्, किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू डरले चञ्चल भएका छन्, र शान्त हुन नसक्ने समुद्रझैँ तिनीहरूको हृदय घबराएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दमस्कसको विषयमा: “हमात र अर्पाद हतोत्साहित भएका छन्; किनकि तिनीहरूले खराब समाचार सुनेका छन्। तिनीहरू निराश भएका छन्, अशान्त समुद्रजस्तै विचलित भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश दमिशक शहरसित सर्म्पकित छ “हमात र अर्पादका शहरहरू भयभीत छन् किनभने तिनीहरूले कुल्छिनको खबर सुनेका छन्। तिनीहरू डरले पग्लिए। तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्।