Jeremiah 49:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका तम्बु, भेडाका बगाल, तम्बुका पर्दा र अन्य सबै थोकहरू जफत गर। तिनीहरूका ऊँटहरू लेओ र मानिसहरूलाई यसो भन, ‘तिमीहरूका चारैतर्फ आतङ्कै आतङ्क छन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पालहरू र बगालहरू र तिनीहरूका ओत लाग्ने ठाउँहरू र सबै मालतालहरू लगिनेछन्। तिनीहरूका ऊँटहरू पनि तिनीहरूबाट खोसी लगिनेछन्। मानिसहरूले कराई-कराईकन तिनीहरूलाई भन्नेछन्, ‘चारैतिर त्रास, त्रास!’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका पालहरू र तिनीहरूका बगालहरू लगिनेछन्; तिनीहरूका ओत लाग्ने छाप्राहरू, तिनीहरूका सबै मालसामानहरू र ऊँटहरूसमेत लगिनेछन्। मानिसहरूले तिनीहरूलाई भन्नेछन्, ‘चारैतिर त्रासै-त्रास छ!’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको पालहरू, भेडाका बगालहरू, पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ। शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्। मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्। डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।