Jeremiah 49:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए हेश्‍बोनका बासिन्‍दाहरू हो, विलाप गर! ऐ सहर नाश पारियो! हे रब्‍बाका छोरीहरू हो, विलाप गर! भाङ्‌ग्रा लाएर शोक गर। हड्बडाउँदै यताउता दगुर। तेरा देवता मोलेख त्‍यसका पूजाहारीहरू र राजकुमारहरूको साथमा देश निकाला गरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे हेश्‍बोन, विलाप गर्‌। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्‍बाका बासिन्‍दा हो, चर्को गरी रोओ, भाङ्‌ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्‍ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे हेश्बोन, विलाप गर्; किनकि ऐ नाश भएको छ! हे रब्बाका छोरीहरू हो, चर्कोगरी रोओ! भाङ्ग्रा लगाएर शोक गर; पर्खालभित्र यताउता दगुर; किनकि मोलेख आफ्ना पुजारीहरू र अधिकारीहरूसँग कैदमा जानेछ।
Nepali ERV (पवित्र बाइबल)
“हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ऐ शहर ध्वंस भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी र अधिकारीहरूसित निष्कासन हुन्छ।