Jeremiah 49:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरूका ऊँटहरू र गाई-वस्‍तु लेओ। केश छोटो गरी मुडाउनेहरूलाई म हरेक दिशामा तितर-बितर पार्नेछु र हरेक कुनाबाट तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका ऊँटहरू लूटका माल हुनेछन्, तिनीहरूका गाई-गोरुका बथान लुटिनेछन्‌। टाढ़ा-टाढ़ा ठाउँमा बस्‍नेहरूलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूका चारैतिरबाट तिनीहरूमाथि सर्वनाश ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका ऊँटहरू लुटका माल हुनेछन्; अनि तिनीहरूका ठूला-ठूला बथानहरू लुटिएका माल हुनेछन्। म टाढा ठाउँमा रहेकाहरूलाई बतासमा छरपस्ट पारिदिनेछु र म तिनीहरूमाथि चारैतिरबाट विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्। आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई म हावामा तितर-बितर पारिदिनेछु। सबै तिरबाट म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु।” यो परमप्रभुको सन्देश हो।