Jeremiah 49:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चारैतिरबाट म तिमीहरूमाथि आतङ्क ल्‍याउनेछु। तिमीहरू सबै जना भाग्‍नेछौ। हरेक आफ्‍नो ज्‍यान बचाउन भाग्‍नेछ र तिनीहरूलाई फेरि भेला गर्ने कोही मानिस हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा चारैतिर भएकाहरूबाट म नै तँमाथि त्रास ल्‍याउनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “तिमीहरू हरेक धपाइनेछौ, र शरणार्थीहरूलाई जम्‍मा गर्ने कोही हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरा चारैतिरबाट तँमाथि आतङ्क ल्याउनेछु,” प्रभु सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “तिमीहरू हरेक धपाइनेछौ; अनि भागेर जानेहरूलाई कसैले पनि भेला गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ “प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउनेछु। तिमीहरू सबैलाई खेदिनेछ अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।”