Jeremiah 49:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले एदोमबारे यसरी भन्नुभयो, “के तेमानका मानिसहरूले आफ्नो विवेक गुमाए त? के तिनीहरूका सल्लाहकारहरूले कसो गर्नुपर्ने हो, सो भन्न सक्दैनन्? के तिनीहरूका सबै बुद्धि हरायो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एदोमको विषयमा: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “के तेमानमा अब केही बुद्धि छैन? के विवेकीहरूको सल्लाह नष्ट भयो? के तिनीहरूको बुद्धि बिग्रियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एदोमको विषयमा: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “के अब तेमानमा बुद्धि छैन? के बुद्धिमान्हरूबाट परामर्श नष्ट भएर गएको छ? के तिनीहरूको बुद्धि भ्रष्ट भएकै हो?
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो विवेक हराए?