Jeremiah 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमेश्‍वर परमप्रभुले मलाई भन्‍नुभयो, “हे यर्मिया, यी मानिसहरूले यस्‍ता कुरा भनेका कारणले म तेरो मुखमा मेरा वचनहरू आगोझैँ बनाउनेछु र यी मानिसहरूलाई चाहिँ दाउराझैँ बनाउनेछु र त्‍यस आगोले तिनीहरूलाई भस्‍म पार्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “ती मानिसहरूले यस्‍ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्‍म हुने दाउरा तुल्‍याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सेनाहरूका याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यी मानिसहरूले यस्तो वचन बोलेका हुनाले, म मेरो वचनलाई तेरो मुखमा आगो बनाउनेछु, र यी मानिसहरूलाई चाहिँ दाउरालाई भस्म पारेजस्तै भस्म पार्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”