Jeremiah 5:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको पापले गर्दा यी असल कुराहरू अब आउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका अधर्मले यी कुराहरूलाई पर राखेका छन्। तिमीहरूका पापले असल कुराबाट तिमीहरूलाई परै राखेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका अपराधले यी कुराहरू टाढा भएका छन्; तिमीहरूका कुकर्महरूले तिमीहरू असल कुराबाट बञ्चित भएका छौ।
Nepali ERV (पवित्र बाइबल)
हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वञ्चित गरायो।