Jeremiah 5:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू खुब खाएर मोटाएका छन्। तिनीहरूका दुष्कर्महरूको अन्त छैन। तिनीहरूले टुहुरा-टुहुरीहरूका हक खोस्दछन्, अत्याचारमा परेकाहरूको न्याय गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्। तिनीहरूका दुष्ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस् भनी तिनीहरू तिनको न्याय गरिदिँदैनन्। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू मोटा र चिल्ला भएका छन्। तिनीहरूका दुष्ट कामहरूको सीमा नै छैन; तिनीहरूले न्याय खोज्दैनन्। तिनीहरूले अनाथहरूको मुद्दा लडिदिँदैनन्; तिनीहरूले गरिबहरूको अधिकारको रक्षा गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।