Jeremiah 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मैले सोचें, “यिनीहरू सबै मूर्ख र अन्जान रहेछन्। तिनीहरू मूर्ख बेहोराका छन्; तिनीहरूबाट परमेश्वरले के कुराहरू चाहनुभएको र परमप्रभुले तिनीहरूले के गरेको चाहनुभएको छ भनी तिनीहरूले बुझ्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले विचार गरें, “यिनीहरू त गरीब रहेछन्, यिनीहरू मूर्ख रहेछन्, किनकि यिनीहरूले परमप्रभुको मार्ग, आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले त सोचेको थिएँ, “यिनीहरूचाहिँ गरिब छन्, यिनीहरू मूर्ख छन्; किनकि यिनीहरूले याहवेहका मार्गहरू जान्दैनन्, यिनीहरूका परमेश्वरको आज्ञालाई बुझ्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।