Jeremiah 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण जङ्गलका सिंहहरूले तिनीहरूलाई मार्नेछन्; जङ्गली ब्‍वाँसाहरूले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछन् र चितुवाहरू उनीहरूका सहर-सहरहरूमा घुमफिर गर्नेछन्। कोही बाहिर गए भने उनीहरूलाई टुक्रा-टुक्रा पारिनेछ किनभने तिनीहरूका पाप अनगिन्‍ती छन् र तिनीहरूले परमेश्‍वरलाई बारम्‍बार त्‍यागेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण वनबाट निस्‍केको एउटा सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ, मरुभूमिबाट निस्‍केको एउटा ब्‍वाँसाले तिनीहरूलाई स्‍वाहा पार्नेछ। एउटा चितुवा तिनीहरूका नगरहरूनजिकै ढुकिबस्‍नेछ, र त्‍यहाँबाट निस्‍कनलाई आँट गर्ने कोही पनि छिल्‍लीबिल्‍ली पारिनेछ, किनकि तिनीहरू अति बागी भए, र तिनीहरूका धर्म-त्‍याग धेरै भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जङ्गलबाट निस्केको सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ; मरुभूमिबाट निस्केको ब्वाँसोले तिनीहरूलाई मार्नेछ; सहरबाट बाहिर निस्कने जो कोहीलाई पनि टुक्रा-टुक्रा पार्नेछन्, र चितुवा तिनीहरूका सहरहरू नजिकै ढुकिबस्‍नेछ; किनकि तिनीहरू धेरै बागी भएका छन्; अनि तिनीहरूका अपराधहरू धेरै छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।