Jeremiah 50:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे बेबिलोनका बासिन्दाहरू हो, तिमीहरूले मेरा प्रजालाई लुट्यौ। तिमीहरू खुसी र आनन्दित छौ, हिनहिनाउने घोडा अथवा दाइँ गर्ने गोरुझैँ हिंड्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मेरो उत्तराधिकारलाई सखाप पार्नेहरू हो, तिमीहरूले रमाहट गरेका र हर्ष मनाएका हुनाले, दाइँ गर्ने कोरलीझैँ मस्त भएकाले, र जवान घोड़ाहरूझैँ हिनहिनाएकाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो उत्तराधिकारलाई लुट्ने तिमीहरू, आनन्दित भएर खुशी मनाएको कारण तिमीहरू अन्न दाइँ गर्दा खलामा हर्षले उफ्रने कोरलीजस्तै रमाएको कारण र घोडाजस्तै तिमीहरू हिनहिनाएको कारण,
Nepali ERV (पवित्र बाइबल)
“बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।