Jeremiah 50:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूको आफ्‍नो महान् सहर लाज र अपमानमा पर्नेछ। बेबिलोनया सबैभन्दा सानो जाति हुनेछ, त्‍यो एउटा रूखो सुख्‍खा मरुभूमि हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूकी आमा अति लज्‍जित हुनेछे, तिमीहरूलाई जन्‍म दिने शर्ममा पर्नेछे। जाति-जातिहरूमा त्‍यो सबैभन्‍दा नीच हुनेछे, उजाड़-स्‍थान, सुक्‍खा जमिन र मरुभूमिझैँ त्‍यो हुनेछे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूकी आमा ठूलो शर्ममा पर्नेछे; तिमीहरूलाई जन्म दिने आमा अपमानित हुनेछे। त्यो राष्ट्रहरूमा सबैभन्दा सानो हुनेछे— एउटा उजाडस्थान, रुखो जमिन र मरुभूमिजस्तै हुनेछे।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन तिनी धेरै लज्जित हुनेछन्। बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ। उ उदास र सूखा मरूभूमि हुनेछ।