Jeremiah 50:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएलका मानिसहरू सिंहले खेदेर छरपष्‍ट परेका भेडाहरूझैँ छन्। पहिले तिनीहरूमाथि अश्‍शूरका महाराजाले हमला गर्‍यो। अन्‍तमा बेबिलोनका राजा नबूकदनेसरले तिनीहरूको हड्डी चपायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएल त सिंहहरूले खेदेर छरपष्‍ट भएका भेड़ाको बगालझैँ छ। त्‍यसलाई पहिले अश्‍शूरको राजाले निल्‍यो, र सबैभन्‍दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्‍यसका हड्डीहरू चूरचूर पार्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएल सिंहले खेदेर छरपस्ट भएको भेडाको बगालजस्तै छ। तिनीहरूलाई निल्ने पहिलो सिंहचाहिँ अश्शूरको राजा थियो; तिनीहरूको हड्डी चुर-चुर पार्ने अन्तिम सिंहचाहिँ बेबिलोनको राजा नबूकदनेसर थियो।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”