Jeremiah 50:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जाति जातिलाई यो खबर घोषणा गर! उच्‍च सोरले यो सुनाऊ! झन्‍डा ठड्याएर यो खबर घोषणा गर! यो कुरा गुप्‍त नराख! बेबिलोनको पतन भएको छ! बेल लाजमा पर्‍यो, मरोदक देवता चुर पारिएको छ! बेबिलोनका मूर्तिहरू लाजमा पारिएका छन्! त्‍यसका घिनलाग्‍दा प्रतिमाहरू कच्‍याक-कुच्‍युक पारिएका छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जाति-जातिहरूका बीचमा यो कुराको सूचना दे, र घोषणा गर्‌। झन्‍डा खड़ा गरेर घोषणा गर्, केही कुरा नलुका, तर भन्, ‘बेबिलोन लिइनेछ, बेल लाजमा पारिनेछ, मरोदक त्रासले भरिनेछ। त्‍यसका प्रतिमाहरू लाजमा पारिनेछन्, त्‍यसका मूर्तिहरू पनि त्रासले भरिनेछन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“राष्ट्रहरू बीचमा सूचना दे, र घोषणा गर्; झण्डा उठाएर यो घोषणा गर्; केही कुरा नलुकाई भनिदे, ‘बेबिलोन कब्जा गरिनेछ; बेल शर्ममा पर्नेछ, मारोदक त्रासले भरिनेछ। त्यसका प्रतिमाहरू लाजमा पारिनेछन्, र त्यसका मूर्तिहरू त्रासले भरिनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’