Jeremiah 50:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनहरू आएपछि इस्राएलमा पाप पाइनेछैन अनि यहूदामा अधर्म खोजे पनि पाइनेछैन किनभने जुन मानिसहरूको प्राण म बचाउनेछु, तिनीहरूका पाप म क्षमा गरिदिनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “ती दिनहरूमा, त्यस बेला इस्राएलको दोष खोजे तापनि केही पनि पाइनेछैन। यहूदाका पाप खोजे तापनि पाइनेछैन, किनकि मैले बचाइराखेको बाँकी भागलाई म क्षमा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा र त्यस समयमा,” याहवेह घोषणा गर्नुहुन्छ, “इस्राएलको अपराध खोजिनेछ, तर त्यहाँ एउटै पनि पाइनेछैन; अनि यहूदाका पापहरू पनि खोजिनेछ, तर केही पनि फेला पर्नेछैन; किनकि मैले बचाइराखेको बाँकी मानिसहरूलाई म क्षमा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”