Jeremiah 50:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए बेबिलोन, तैँले मसित लडाइँ गरिस् र तँ अहिले फेला परिस्। मैले तँलाई थापेको पासोमा आफू परेको तैँले थाहा पनि पाइनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको थिएँ, र तैंले चाल पाउन अघि नै तँ त्यसमा परिस्। तँलाई फेला पारियो र समातियो, किनभने तँ परमप्रभुको विरुद्धमा खड़ा भइस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे बेबिलोन, मैले तेरा लागि पासो थापेको छु; अनि तैँले थाहा पाउन अगि नै तँ पासोमा परिसकेकी छेस्; तँ फेला परिस् र कब्जामा परिस्; किनकि तँ याहवेहको विरोधमा खडा भइस्।
Nepali ERV (पवित्र बाइबल)
हे बाबेल, मैले तिमीलाई पासो थापें अनि तिमीले थाहा पाउन अघि नै पक्राउ पर्यौ। तिमी परमेश्वरको विरूद्ध लड्यौ, यसकारण तिमी बन्दी भयौ।